टिपरको ठक्करबाट सडक पेटीमा सुतेका व्यक्तिको मृत्यु

काठमाडौं ०६ फागुन / सडक पेटीमा सुतेका एक जनाको टिप्परको ठक्करबाट मृत्यु भएको छ।

काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरको ठक्करबाट स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए। उनलाई गएराति पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो। उनको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

– फाइल फोटो

Loading...
प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार ०३:०६