प्रियंकाको लागि मर्न पनि तयार आयुष्मान

काठमाडौं १४ असार / आयुष्मान देशराज जोशी र प्रियंका कार्की पछिल्लो समयमा चलचित्रमा भन्दापनि म्यूजिक भिडियोमा धेरै व्यस्त छन् । यी दुईले एकसाथ धेरै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । भर्खरै पनि आयुष्मान र प्रियंकाको नयाँ गीत रिलिज भएको छ ।

ध्रुव प्रसाद अम्गाईको शब्द र अर्जुन पोखरेलको संगीत रहेको घरमा कुरा बोलको गीतमा नेपाल आइडल  विजेता रवि ओड र चर्चित गायिका दुर्गा खरेलको आवाज रहेको छ ।

निकै रमाइलो शैलीको गीतमा आयुष्मान र प्रियंका फिचर्ड छन् । उक्त गीतलाई शिव वि.क ले कोरियोग्राफी गरेका हुन् ।

Loading...
प्रकाशित मिति १४ असार २०७६, शनिबार ०२:११