घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृ’त्यु

फागुन ५, सल्यान / सल्यानमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाकाे ज्यान गएकाे छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के निवासी २१ वर्षीया कल्पना आचार्यको घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गएकाे हाे ।

आईतबार बिहान करिब ८ बजेतीर घर नजिकैको रूखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते आचार्यकाे साेमबार बिहान उपचारकाे क्रममा मृ’त्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

रूखबाट लडे लगतै उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याईएको थियो । शवको पोष्टमार्टम गर्ने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

-फाेटाे फाइल

Loading...
प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार ०६:४४