मेरो श्रीमानलाई फसाउन खोजेको छ ( भिडियो )

काठमाडौं ०६ फागुन / चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दिपुर डुम्रेका होटल सञ्चालक लालकाजी गुरुङमाथि आ’क्र मण गरेको अभियोगमा गायक कटुवाल प’क्राउ परेका हुन् ।

काठमाडौं बाट पोखरा जाने क्रममा शनिबार बाटोमा गायक कटुवाल र होटल सञ्चालक गुरुङ बिच सामान्य विवाद भएको र त्यहिदिन साझ अ’ज्ञात समुहले गुरुङ माथि आ’क्र*मण गरेपछि, गायक कटुवाललाई नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ । कटुवाल वि’रुद्ध गुरुङकि छोरीले जाहेरी दिएकी हुन् ।

आ*क्र मण पछि ग’म्भीर घाइते गुरुङको अहिले काठमाडौंमा उपचार भइरहेको छ । घटनामा गायक कटुवालको मिलेमतो रहेको भन्दै परिवारले जाहेरी दिएका थिए ।

गायक कटुवाललाई थप चारदिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । यसै बिषयमा कटुवालकी श्रीमती लक्ष्मी दाहालले रिपोर्टस क्लबमा बोल्दै भनिन् : मेरो श्रीमानलाई फसाउन खोजेको छ ।”

भिडियो हेर्नुहोस्

रामेछापको विकट गाउँबाट उदाएका गायक प्रकाश कटुवालले थुप्रै चर्चित गीतहरु गाइसकेका छन् । पछिल्लो समय उनको नयाँ गीत ‘लौरी गोगनको” चर्चामा रहेको छ । उक्त गीत केही दिन अगाडिमात्र बजारमा आएको थियो ।

Loading...
प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार ११:३३