‘मेरी बास्सै’ मा धुर्मुस सुन्तली फर्किँदा छायो खुसियाली (भिडियो हेर्नुहोस् )

काठमाडौँ ०६ फागुन / सिताराम कट्टेल र कुन्जना घिमिरेलाई धुर्मुस सुन्तली बनाएको टेलिशृङ्खला मेरी बास्सै मा फेरी यो जोडीको आगमन भएको छ । लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका यो जोडीले निर्माण गरेको चलचित्र सेन्टी भाइरसु को प्रचार प्रसारको लागी उनीहरू मेरी बास्सै मा पुगेका हुन् ।

केहिदिन अगाडि मेरी बास्सैको सुटिङ सेटमा पुगेका धुर्मुस र सुन्तलीले विगतका दिनहरू सम्झँदै आफ्नो घर आफ्नो परिवारको साथमा फर्किँदा निकै खुसी लागेको बताएका थिए।

चम्सुरी सुन्तली कि आमा र दारी बाले पनि उनीहरू मेरी बास्सेमा आँउदा खुशी लागेको बताएका छन् । धेरै पछि मेरी बास्सैको सेटमा रौनक थपिएको उनीहरूको भनाइ छ ।

धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र सेन्टी भाइरसु मा सीताराम कट्टेल र कुञ्जना घिमिरे श्रीमान् श्रीमतीको भूमिकामा छन् । चलचित्रको मुनाफाबाट आउने ५० प्रतिशत रकम रङ्गशालामा खर्च गरिने उनीहरुले बताउदै आएका छन् ।

भिडियो हेर्नुहोस् :

Loading...
प्रकाशित मिति ६ फाल्गुन २०७६, मंगलवार १८:४७