सञ्चारमन्त्री बाँस्कोटालाई दीपकराज गिरीको कडा व्यंग्य

काठमाडौं / सरकारका प्रवक्ता तथा सञ्चर मन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ ।

समाचार बाहिरिएसँगै कलाकार दीपकराज गिरीले सांकेतिक रुपमा व्यङग्य गरेका छन् ।

गिरीले लेखेका छन् ‘मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी ?

उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारिक रुपमा कुनै धारणा बाहिर आएको छैन ।

सम्बबन्धित समाचार

काठमाडाैं, ८ फागुन । सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीक कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिक दैैैैनिकले सार्वजनिक गरेको  छ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिक दैनिकले सार्वजनिक  गरेको अडियो संवादमा सुन्न सकिन्छ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ।

बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

Loading...
प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०३:५०