करोड लिनी तरिका मन्त्रीज्यूबाट सिक गाईज् : मनोज गजुरेल

काठमाडौं / सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ ।

विभिन्स संचारमाध्याम र सोसल मिडियामा निकै आलोचना भइरहेको छ । यसै क्रममा यो बिषयमा हास्यकलाकार मनोज गजुरेलले समेत घुमाउरो पारामा प्रतिक्रिया दिएका छन् । गजुरेलले ‘करोड-करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् ।

लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । भन्दै व्यंग्यात्मक सैलिमा आफ्नो प्रतिक्रिया जनाएका छन् ।पछिल्लो समय निकै लोकप्रियता कमाइरहेको रियालिटी शो ‘कमेडी च्याम्पियन्स’का जज समेत रहेका उनले कमेडियनको पन्चलाइन राम्रो भएमा उक्त पन्चलाइनलाई करोडमा प्रतिक्रिया जनाउने गरेका थिए ।

उनले कमेडी च्याम्पियनमा यसरी करोड करोड भनिरहँदा संचारमन्त्रीले ७० करोड मागेको अडियो बाहिरिएपछि धेरैले यस विषयमा गजुरेल र संचारमन्त्रीलाई जोडेर सामाजिक संजालमा मिमहरु बनाइएका छन् ।

गजुरेलले लेखेका छन् ‘करोड(करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् । लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन । ‘मुख्य जिम्मेवार’ भन्ने ‘पञ्चलाईन’ पनि बिजोग थियो । तर, त्यही लार्ईनबाट झण्डै सत्तरी करोड हान्दिए ।

ह्याशट्याग राजिनामा देउ, अनुसन्धानलाई सघाउ, सरकार बचाउ ।’ उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।

Loading...
प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०६:४०