७० करोड प्रकरणमा मन्त्री बाँस्कोटाको आयो यस्तो प्रतिक्रिया (भिडियोसहित)

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् ।

बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाटमा उनले राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

मन्त्री बाँस्कोटाले गल्ती गर्नेले सजाय भोग्नुपर्ने बताउदै आफुले गल्ती गरेको भएपनि सजाय भोग्न तयार रहेको बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । उनले सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं फर्किएपछि विस्तृत प्रतिकृया दिने बताए ।

हेर्नुहोस् भिडियो :

सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ ।

विभिन्स संचारमाध्याम र सोसल मिडियामा निकै आलोचना भइरहेको छ । यसै क्रममा यो बिषयमा हास्यकलाकार मनोज गजुरेलले समेत घुमाउरो पारामा प्रतिक्रिया दिएका छन् । गजुरेलले ‘करोड-करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् ।

लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । भन्दै व्यंग्यात्मक सैलिमा आफ्नो प्रतिक्रिया जनाएका छन् ।पछिल्लो समय निकै लोकप्रियता कमाइरहेको रियालिटी शो ‘कमेडी च्याम्पियन्स’का जज समेत रहेका उनले कमेडियनको पन्चलाइन राम्रो भएमा उक्त पन्चलाइनलाई करोडमा प्रतिक्रिया जनाउने गरेका थिए ।

उनले कमेडी च्याम्पियनमा यसरी करोड करोड भनिरहँदा संचारमन्त्रीले ७० करोड मागेको अडियो बाहिरिएपछि धेरैले यस विषयमा गजुरेल र संचारमन्त्रीलाई जोडेर सामाजिक संजालमा मिमहरु बनाइएका छन् ।गजुरेलले लेखेका छन् ‘करोड(करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् । लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन । ‘मुख्य जिम्मेवार’ भन्ने ‘पञ्चलाईन’ पनि बिजोग थियो ।

तर, त्यही लार्ईनबाट झण्डै सत्तरी करोड हान्दिए । ह्याशट्याग राजिनामा देउ, अनुसन्धानलाई सघाउ, सरकार बचाउ ।’ उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।

यो पनि पढौ

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि तत्काल छानबिन गर्न माग गरेका छन्।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएको प्रति टिप्पणी गर्दै लामिछानेले बास्कोटा माथि तत्काल अनुसन्धान शुरु गरिनुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक रहेका बास्कोटालाई बचाउने विषयमा छलफल चलिरहेको जस्तै देखिएको उल्लेख गर्दै लामिछानेले सामाजिक संजाल मार्फत आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनुपर्ने धारणा राखेका छन्।

सरकारसँग अझ तीन वर्ष बाँकि रहेको हुँदा बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका व्यक्तिहरुको पनि कर्तुतपनि हेर्न बाँकि रहेको लामिछानेले सामाजिक संजालमा उल्लेख गरेका छन्।

आरोपित मन्त्रीले तत्काल राजिनामा दिनुपर्ने र राजिनामा नदिए तत्काल “कार्यकक्ष” बाटै पक्राउ गरिनु पर्ने लामिछानेको बुझाई छ।

“यि भ्रष्ट हुन्। प्रष्ट थिए, छन् र रहिरहन्छन्। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक गोकुल बाँसकोटा। गोकुल जी माथि छानबिन होईन के गरि बचाउने भन्ने छलफल चलेको देखिदैछ। बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ,३ वर्ष बाकी छ। कुरौ…

नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ। राजीनामा नदिए “कार्यकक्ष” बाटै पक्राउ गरिनु पर्छ।”,लामिछानेले सामाजिक संजालमा टिप्पणी गरेका छन्।

Loading...
प्रकाशित मिति ८ फाल्गुन २०७६, बिहीबार ०७:४९