गोकुल बाँस्काटाको कोठामा अख्तियारको छापा : फाइल जफत, दराज सिलबन्दी

काठमाडौं / निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार साँझ मन्त्री बाँस्कोटाको मन्त्रालयको कार्यकक्षमा छापा मारेको हो ।

निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा छापा मार्न अख्तियार टोली सादा पोशाकमा पुगेका थिए । अख्तियार टोलीले निवर्तमान मन्त्री बाँस्कोटाको कार्यकक्षमा रहेका विभिन्न फाइल तथा कागजात  टोलीले नियन्त्रणमा लिएको छ ।

बाँस्कोटाले प्रयोग गर्दै मन्त्रालयको दराजमा अख्तियारले सिलबन्दी गरेको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बााँसकोटाले सेक्युरिटी प्रेस खरिदमा ७०ल करोड मागेको अडियो सावैजनिक भएपछि त्यसबारे अनुसन्धान थालिएको जकानकारी दिनुभयो ।

Loading...
प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०१:३६