खाएको विष मात्र लाग्छ नखाएको विष लाग्दैन – नविना लामा

काठमाडौं /  संचारमन्त्री गोकुल बास्कोटाले कमिशन मागेको भनिएको अडियो सार्वजनिक भएर यसको चौतर्फी बिरोध भएका बेला सासंद नविना लामाले भने बासकोटाको बचाउ गरेकी छन् ।

उनले सामाजिक संजाल फेसबुका स्टाटस लेख्दै बासकोटाको बचाउ गरेकी हुन् । लामाले फेसबुकमा एक स्टाटस लेख्दै यो सबै नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज भएको उल्लेख गरेकी छिन् ।

उनले अगाडी लेखेकी छन केवल श्रव्यसामग्रीको आधारमा मात्र कोही व्यक्तिलाई दोषी करार गर्ने कार्य देशमा स्थापित विधिको विपरित छ ।

कसैको पनि चरित्रहत्याको प्रयास गर्ने कार्य ग्राह्य हुँदैन । खाएको विष मात्र लाग्छ नखाएको विष लाग्दैन । सञ्चारमन्त्री माननीय गोकुल बास्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो । सत्यतथ्य बाहिर आओस्, तबसम्म धैर्य गरौं ।’

चौतर्फी बिरोध भएर काँग्रेस सासंदले संसद अबरुद गरेपछि बास्कोटाले पदबाट राजीनामा समेत दिइसकेका छन् । बास्कोटा बिरोधमा आज सामाजिक संजाल भरिएका छन् ।

Loading...
प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०८:१०