आर्यन सिग्देलको ‘च च हुई’ मङ्सिर ६ मा

काठमाडौं २ साउन / साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको चलचित्र ‘च च हुई’को रिलिज डेट तोकिएको छ । आर्यन सिग्देल, मिरुना मगर अभिनीत यस चलचित्र मङ्सिर ६ गते देश भर एकसाथ प्रदर्शनमा आउने भएको हो ।

प्राय रोमान्टिक भूमिका वा लबर ब्वाइको भूमिकामा देखिएका आर्यनले ‘च च हुई’मा कमेडी भूमिका निभाएका छन् । यसाघि चलचित्र कार्तिक २९ मा आउने खबर बाहिरिए पनि आधिकारिक जानकारी निर्माण पक्षले दिएको थिएन यति बेला भने एफडीसँग सम्झौता गर्दै उक्त मितिमा रिलिज गर्ने फाइनल गरेको हो ।

आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय रहेको छ । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा अमृत घोले लामाको लगानी, सिजन दाहाल र संदेश अर्यालले पटकथा तथा संवाद तथा  राजनराज सिवाकोटी र रोशन थापाको सङ्गीत छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १०:१५