साेलुखुम्बुमा उडिरहेकाे हेलिकाेप्टरबाट सामान खसेपछि

सोलुखुम्बु ११ फागुन / सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत निर्माणका सामाग्री खसेको छ ।सोलुदूधकुण्ड नगरपालिका १ काे टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालका अनुसार शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाकाे जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो ।

कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो । – फाइल फोटो

अन्य समाचार

चलचित्र ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीतमा प्रेम परियार र सबनम आचार्यले स्वर भरेका छन् । गीतमा सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । दाङ्गमा छायाकन भएको चलचित्रमा प्रेम परियार , समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल,हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, डा।

लोकराज पराजुली, हेमराज बीसीलगायतका कलाकारको अभिनय रहेको छ। अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा बोल्ने चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका छन्।

रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज विक कार्यकारी निर्माता, यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेका छन्। चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ।

Loading...
प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ०१:४३