गोलभेडाले गर्छ स्वास्थ्यलाई यति धेरै फाइदा

काठमाडौं / तपाई निकै व्यस्त हुनुहुन्छ । व्यस्तताको कारणले गर्दा तपाईले आफ्नो शरीरलाई फिट राख्न सक्नुभएको छैन् । जसले गर्दा तपाई निकै दुखी हुनुहुन्छ । व्यस्तताको समयमा आफ्नो शरीरलाईं कसरी फिट राख्न सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

तपाईले सधै खाने गोलभेँडाको सूपमा जैतूनको तेल मिसाएर खाएको खण्डमा तपाईको तौल केहि समयमै घट्छ । तपाईको तौल घटा्उने अचुक औषधी नै गोलभेँडा हो ।

यसको सेवन दैनिक रुपमा गरेको खण्डमा यसमा पाईने भिटामिन के र क्याल्सियमले हड्डीलाई मजबुत बनाउँछ । यसमा प्रसस्तै मात्रामा पानी र फाइबर पाउने भएकाले गर्दा भोक लाग्न दिँदैन् र तौल कम हुँदै जान्छ ।

गोलभेँडाबाट बनाइएको सूपमा पर्याप्त मात्रामा कपर पाइने भएकाले दिमागमा स्नायू प्रणालीलाई ठीक राख्छ । यसमा रक्त सञ्चार प्रक्रियालाई बढाउने शक्ति हुने भएकाले गर्दा यसबाट रक्त अल्पताको खतरा कम हुन्छ । र शरीरको तौल कम हुन्छ ।

Loading...
प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १२:२४