सुनको भाउको नयाँ रेकर्ड : तोलाको ८० हजार नाघ्यो

काठमाण्डौ १२ फागुन / सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

अन्य समाचार  :ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ : कुन देशको कति ?

आज आताको दोस्रो दिन नेपाली बजारमा युरोपियन यूरो, यूके पाउण्ड, मलेसियन रिँगिट र बहराइन दिनारको भाउ उकालो लागेको छ । त्यस्तै आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ९८ पैसा रहेको छ। भने आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ। आज त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३१ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ९ पैसा रहेको छ। भने आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै आज बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ३ पैसा रहेको छ।

भने आज त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ।त्यस्तैगरी आज कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ६ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ २ पैसा रहेको छ। भने आज यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ५ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ७० पैसा रहेको छ।

Loading...
प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार ०५:५४