“कमेडी च्याम्पियन” आजको ताजा प्रस्तुतिहरु हेर्नुहोस् [भिडियो सहित ]

काठमाडौं १२ फागुन / नेपालकै पहिलो स्ट्यान्ड अप कमिडी रियालिटी शो “कमेडी च्याम्पियन” को फिनाले नजिकिँदै गर्दा उत्कृष्ट तीन प्रतिस्पर्धि फाइनलमा प्रवेश गरिसकेका छन् । सर्वाधिक भोट प्राप्त गरेर रोल्पाका खड्ग बहादुर पुन मगर (खबपु ) इटहरीका सुमन कार्की ( दले दाइ ) र धादिङका हिमेस पन्त फाइनलमा पुगेका हुन् ।

गत हप्ता टप ५ बाट कम भोटको कारणले कमेडियन सुमन कार्की कमेडी च्याम्पियनको मञ्जबाट विदा भएका थिए , भने यसहप्ता स्याङ्जाका मेक्सम गौडेल उर्फ मेलु बाबा टप ४ बाट बाहिरिएका छन् ।

कुना काप्चामा लुकेर रहेका विभिन्न व्यक्तिको हास्य रसलाई प्लेटफर्म दिदै विश्वसामु प्रस्तुत गर्ने उदेश्यले यो रियालिटी शो बिगत केहि सातादेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको छ ।

अहिले कमेडी च्याम्पियनले दर्शकहरुलाई हसाउन सक्ने एक कमेडी प्रमूख पात्र खोजिरहेको छ । कमेडी गरेर मान्छेलाई हासाउनु उत्तिकै चुनौतिको कुरा हो यता कमेडी गरेरै दुनियाको मन जित्नु अर्को चुनौती छ भने आफैलाई चुनौती दीरहेका प्रतिष्पर्धिलाई उछिनेर शो को बिजेता बन्नु अर्को महा-चुनौती हो ।

बिजेता बन्ने कमेडियनले २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण लगायत अन्य थुप्रै उपहारहरु पाउनेछन
कमेडी च्याम्पियनको फाइनल यहि आउँदो चैत १ गते हुन गइरहेको छ ।

कमेडी च्याम्पियन आजको ताजा श्रृङखला भिडियोमा हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १७:०३