श्रावण विशेष नायिका दीपिका प्रसाईं ( फोटो फिचर )

काठमाडौं / चलचित्र ‘ऐश्वर्य’बाट नेपाली सिने जगतमा डेब्यु गरेकी नायिका दीपिका प्रसाइँलाई चलचित्र क्षेत्रको एक आशलाग्दो नायिकाको रुपमा हेरिएको थियो ।

सुरुवाती दिनमा फिल्म वृतमा उनको सुन्दरता र अभिनयको तारिफ नभएको पनि होइन । चलचित्रको सफलता सँगै दीपिकालाई ठुला र राम्रा ब्यानर बाट पनि धेरै अफर आए । उनले ऐश्वर्य पछी दिपक दीपाको चलचित्र छक्क पन्जा ३ मा काम गरिन् । उनले अझै धेरै राम्रा राम्रा चलचित्रमा काम गर्लिन भन्दा भन्दै लामो समय देखी प्रेम सम्बन्धमा रहेका ऐश्वर्यका निर्देशक दिवाकर भट्टराईसँग इङेज्मेन्ट गरिन् । त्यसपछि उनको फिल्मी करियर ओरालो लाग्ने भनी टिकाटिप्पणी पनि सुरु भए ।उनले अब चलचित्रमा काम नगर्ने पो हो कि जस्तो धेरैलाई लाग्यो पनि । तर, उनी हेल्लो जिन्दगीमा अनुबन्धित भएको खबरले उनका फ्यान र शुभचिन्तकलाई केही राहत दियो ।

गएको बैशाखमा विवाह बन्धनमा बाधिएकी उनी विवाह लगत्तै शुटिङमा ब्यस्त हुन पर्‍यो । हुन त दिवाकर दिपिकाले विवाह अघी पछी धेरै ठाउँ घुमे र फोटो पनि प्रसत्तै सेयर गरे । तर अझै यो जोडीलाई हेर्दा भर्खरै मात्रै विवाह गरे जस्तो देखिन्छ । दीपिका पारिवारिक भेटघाटको फोटो प्राय सेयर गर्छिन जसमा उनलाई सारी र सिन्दुर पोतेमा देखिन्छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार ११:५१