पाथीभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन र जुम्लाकी सुनमायालाई

ताप्लेजुङ / पाथीभरा म्याराथन प्रतियोगिताको खुल्लातर्फको उपाधि सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढा क्षेत्रीले जितेका छन ।

मंगलवार विहान भएको प्रतियोगितामा खुलातर्फ सोलुखुम्वूको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा निर्धारित ५४ किलोमिटर दूरी पार गर्दै उपाधि जिते। आयोजकले ४७ किलोमिटर भनेपनि मोटरवाटोबाटै कुदाएपछि ७ किलोमिटर दूरी वढेको थियो।

पाँचथर फिदिमका प्रताप थाम्सोहाङले ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए। रुकुम मुसिकोटका दुर्गाराज वुढाले ४ घण्टा २९ मिनेट १७ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए।

महिलातर्फ जुम्लाकोपातारासी गाउँपालिकाकी सुनमाया बुढाक्षेत्रीले ४४ किलोमिटर दूरी ३ घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भइन। प्रतिष्पर्धी त्रिभुवन आर्मी क्लवकी सरिता वासीभन्दा १० मिनेट चाँडो गन्तब्यमा पुग्दै उनले उपाधि हात पारेकी हुन।

वासी ३ घण्टा ४८ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन। धादिङ धुनिबेसींकी रसिला तामाङले ४ घण्टा ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन।

खुलातर्फका विजेताले १ लाख ५१ हजार, उप–विजेताले १ लाख ११ हजार र तेस्रो भएकाले ५१ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

महिला तर्फ प्रथमले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

Loading...
प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार १५:३९