‘माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन !’

काठमाडौँ १४ फागुन / रुखबाट घा’इते बनेकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुननसक्दा नि’धन भएको हो ।

आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गरेका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उ’द्धार हुन नसकेको र अन्ततः ज्यानै गुमाउनु परेको भन्दै गौतमले लेखेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’

उनले समाजिक सञ्जालमा लेखेका छन्,

उनी मेरी फुपुकी छोरी बहिनी,

गत फागुन ४ गते रुखबाट ल’डेर ग’म्भीर घा’इते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र उनलाई हेलिकप्टरबाट मात्र उद्धार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरे । एम्बुलेन्सबाट उद्धार गर्दा बाटोमै मृ’त्यु हुन सक्ने डाक्टरहरुको भनाइ थियो ।

यो परिस्थितिको सृजना पछि शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे ।

प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो । कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुखबाट ल’डेको करिव ९ घण्टा बितिसकेको थियो ।

कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले भनिदियो, ‘अहिले हेलिकप्टर उडाउन सकिँदैन ।’

Loading...
प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार ०२:४१