पर्खाल भत्किँदा १७ जनाको मृत्यु

काठमाडौं, असार १४ । भारतको महाराष्ट्रस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति अबेर भएको घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन जनालाई भने उद्धार गरिएको छ ।

केही व्यक्ति अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ । एक भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । पुणेको प्रमुख जिल्ला अधिकारीले ठेकेदारको लापरवाहीले पर्खाल भत्किएको भन्दै कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

Loading...
प्रकाशित मिति १४ असार २०७६, शनिबार ०४:५४