शिवरात्रीको दिनबाट छोरी बेपत्ता भएपछि आमा रुदै मिडियामा

काठमाडौ / काठमाडौ हरिसिध्दीको यो घटना जहा १३ बर्षिय बालिकाले यस्तो गरिन कि अहिले परिबारनै पुरै तनाबमा छ । गएको शिबरात्रीमा उनी घुम्न भनेर निस्किएकी तर अहिले कता छिन अतोपतो छैन या भनौ उनी अहिले बेपता छिन ।

अचम्मको कुरा के भने उनी बल्ल १३ बर्षकी भईन तर उनको आनीबानी अरु भन्दा निकै भिन्न र फरक थियो भन्छन उनका दाजु ।

उनकी आमा हिजो भर्खरै परदेशबाट नेपाल आएकी छिन छोरीको पिरले गर्दा उनी गएको २ महिनामै फर्किईन । यता आउदा बितिकै छोरी नहुदा उनी तनाबमा भईन र अहिले मिडिया र पुण्य गौतमलाई हार गुहार गर्दै हामीसम्म आईन ।

उनको अर्को पिडा के छ भने उनका श्रीमानले पनि उनलाई छाडेका रहेछन न त छोराछोरीको वास्ता गर्छन न त श्रीमतीकोनै । यति पिडा हुदा हुदै पनि अहिले यो पिडा थपिदा उनी छागोबाट खसेझै भएकी छिन ।

Loading...
प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार १८:०५