शर्मिला गुरुङ र शोभा त्रिपाठीको मार्मिक तीज गीत ‘दिदिबहिनी’ सार्वजनिक [भिडियो ]

काठमाडौं २ साउन – बहुचर्चित लोकप्रिय गायिका शर्मिला गुरुङ र लोकप्रिय सञ्चारकर्मी तथा गायिका शोभा त्रिपाठीको स्वरमा नयाँ तीज गीत “दिदिबहिनी” बजारमा आएको छ, यश गीतलाई वरिष्ठ सर्जक रमेश बिजीले लेखेका हुन् । सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिँदै आइरहेका सर्जक रमेश बिजीका अौलामा गनिने सृजनाहरु बजारमा छ्यापछापी सुन्न पाइन्छ

गीतको भिडियो पनि निकैनै मार्मिक बनेको छ, जस्मा गायिका द्वय शर्मिला गुरुङ र शोभा त्रिपाठीले दिदिबहिनीको भुमिका उत्कृष्ट र तारिफयोग्य ढंगले निभाएका छन् । चर्चित नृत्य निर्देशक प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन्,’भने; विष्णु शर्माको सम्पादनमा तयारी भएको हो ।

गाउँघरमा भोगिने दु:ख र पीडाहरुलाई भिडियो मार्फत जस्ताको तस्तै उतार्न खोजिएको छ। भिडियो हेर्नुुुहोस् :

भिडियो भित्र गाउँघर बनपाँखा र लेकबेसीहरुको रमणीय दृश्य हेरेर मरोञ्जन लिन सकिन्छ । भिडियोलाई गायिका शोभा त्रिपाठीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १२:२५