यसरी अनलाइन दर्ता गरेर कामदार भिसामा अमेरिका जान पाइने …

काठमाडौँ १७ फागुन / अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ । पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ।

युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ ।

अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ ।

यसरी अनलाइन प्रणालीबाट छनोट भएकाहरुको नाम मार्चको ३१ मा सुचित हुनेछ ।

Loading...
प्रकाशित मिति १७ फाल्गुन २०७६, शनिबार ०९:२५