यौन कार्यमा संलग्न भइरहेका बेला समातिए ८ जोडी

भक्तपुर / विभिन्न होटल, रेस्टुरेन्ट तथा खाजा घरबाट अनैतिक कार्य गर्ने १६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीले ती स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

अनैतिक कार्य भइरहेको सूचनाका आधारमा छापा मारेर ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिनुभयो।

जगाती क्षेत्रका होटल छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेसन’ चलाएको डीएसपी जोशीको भनाइ छ। नियन्त्रणमा लिएकाहरू महिला तथा पुरुषहरुलाई प्रहरी सामाजिक मनोपरार्मश समेत दिइने भएको छ।

उनीहरुलाई पहिलो पटक चेतावनी दिएर छाडिने प्रहरीले जानकारी दिएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

Loading...
प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार ०१:१६