ह्वात्तै घट्यो सुन

काठमाडौं १८ फागुन / आज फागुन १९ गते सुनको मुल्य ह्वात्तै घटेको छ । शुक्रबार तोलाको ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन १२ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७८ हजार तथा तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ७९ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । आज चाँदीको मुल्य प्रतितोला ८ सय ६० रुपैयाँ रहेको छ । शुक्रबार चाँदी ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

Loading...
प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार ०५:५२