ऋचाको जन्मदिनमा शिल्पाको चर्चा

काठमाडौं / नायिका ऋचा शर्माले बिहिबार आफ्नो जन्मदिन मनाएकी छिन् । साउन १ गते जन्मिएपनि ऋचाले आफ्ना हितैषीसँग साउन २ गते मात्रै आफ्नो वर्थ डे सेलिव्रेट गरेकी हुन् ।

ऋचाको जन्मदिनमा रेखा थापा, निशा अधिकारी, प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा उपस्थित थिए ।’ विवाह पछि चलचित्र क्षेत्रबाट अलि टाढै रहँदै नायिका नीशा अधिकारीको पनि निकै नै चर्चा चलेको थियो ।

त्यस्तै पछिल्लो समय जताततै भाइरल बनिरहेको छवि ओझा र शिल्पा पोखरेलको घरायसी विवाद बारेमा सबै नायिकाहरुले केकि अधिकारीको स्टाटसमा सहमति जनाउँदै । हिंसा सहेर बस्न हुँदैन भन्नेे सन्देश पनि दिए ।

तस्बिर : रेखा थापा

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १२:५१