नेपाल सरकार जिन्दावाद भन्दै घर हिँडे चिनबाट उद्धार गरेका नेपालीहरु

फागुन १९ काठमाडौं  / देशभर
कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला नेपाल सरकारले चीनको वुहानबाट उद्धार गरेका नेपालीहरु भक्तपुर क्वारेन्टाइनबाट घर गएका छन् । सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरीपाटीमा भने यस्तै नारा लाग्यो ।

नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा निकै बेर घन्कियो । चीनबाट उद्धार गरी नेपाल ल्याएर १६ दिन क्वारेन्टाइमा बसेका नेपालीहरूले सरकार र नेपाली सेनाबाट भएको कामको खुला मनले प्रशंसा गरे ।

उनीहरूले स्थानीयले कुरा नबुझेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन केन्द्र राख्न नदिने भन्दै विरोध भएको कुरालाई मिडियाले बास्तबिकता बुझाएर सहयोग गरेकोमा मिडियाको पनि पनि प्रशंसा गरे ।

औपचारिक विदाइ समारोहमा बोल्दै क्वारेन्टाइमा बिताएका डा.गौरब पोखरेलले सरकारबाट भएको उद्धार प्रयासको प्रशंसा गर्नु भएको थियो । राजधानीमा बसोबास गरेकाहरुलाई घर घरमा पु¥याउन चारवटा बसको व्यबस्था गरिएको थियो । गोरखापत्र अनलाइन

Loading...
प्रकाशित मिति १९ फाल्गुन २०७६, सोमबार १८:२०