रुघाखोकी र ज्वरो लागेकाहरुले जहाजमा यात्रा गर्न नपाउने

काठमाडौँ, २० फागुन / वायुसेवा सञ्चालक संघले ज्वरो, रुघाखोकी लागेका व्यक्तिहरुलाई जहाजमा यात्रा नगर्न अपिल गरेको छ ।

विश्वभर महामारीको रुप लिइरहेको अवस्थामा संघले उच्च सर्तकता अपनाउदैँ सो अवस्थामा भएका व्यक्तिहरुलाई जहाजमा यात्रा गर्न रोकेको हो ।

सरकारले समेत अत्यावश्यक कामबाहेक भ्रमणमा ननिस्कन आग्रह गरेका बेला निजी क्षेत्रले पनि निगरानी बढाउन थालेका हुन् । संघले बुधबार एक सूचना निकाल्दै कोरोनाको सम्वेदनशीलतालाई ध्यानमा राखी ज्वरो र रुघाखोकी जस्ता लक्षण भएका यात्रुलाई जहाजमा यात्रा नगर्न अपिल गरेको छ ।

संघले एक विज्ञप्ती सार्वजनिक गर्दै कथमकथाचित चेकजाँचका क्रममा ज्वरो, रुघाखोकी लागेका व्यक्तिहरु पाइएका उडान रद्द गर्ने समेत बताएको छ ।

Loading...
प्रकाशित मिति २० फाल्गुन २०७६, मंगलवार ११:२०