काठमाडौं २२ फागुन / टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी विराटनगर पुगेका छन् ।
कोरियाबाट फर्किएका सुनसरी घर भएका एक युवक कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना भएका थिए । उनले बोकेका फोन ट्र्याक गर्दा उनी विराटनगरमा रहेको प्रहरीले पत्ता लगाएको छ ।
फरार रहेका उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङको एक टोली खटिएको छ ।
सम्बन्धित समाचार
कोराना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक जना बिरामी भागेका छन् ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार कोरियाबाट आएका ति नेपाली बुधबार उनी अस्पताल भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पताल स्रोतल जानकारी दियो ।
अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए ।
तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्काइटिस जस्तो देखिएको थियो । बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना कोरोना संक्रमणको शंकामा भर्ना भएका छन् ।