पोखरामा ‘कोरोना’ संक्रमितलाई राख्न ६० शय्याको आइसोलेसन वार्ड तयारी ( भिडियो हेर्नुहोस् )

काठमाडौं २२ फागुन / चिनबाट फैलिएको कोभिड-१९ कोरोना भाइरसको महामारी देशभर फैलिरहेको बेला नेपालमा पनि उच्च सतर्कता अपनाउन सुरु गरेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित बिरामी फेला नपरेपनि छिमेकी राष्ट्रहरुमा भने यस्को संक्रमण फैलिँदै गएको छ ।

अहिले विश्वनै कोरोनाबाट संक्रमित बनेको बेला नेपालमा भने आत्ति हाल्नु पर्ने अवस्था आइसकेको छैन । कोरोनाका कारण सर्वसाधारण त्रसित बनिरहेको बेला सरकारले भिडभाडमा नजान, मेला महोत्सव नगर्न लगायत नजिकिँदै गरेको होली पर्वमा रंग पानीबाट टाढै रहन सुचित गरिसकेको छ ।

कोरोनाको उच्च सतर्कता अपनाउदै पोखरामा कोभिड-१९ संक्रमितलाई राख्न ६० शय्याको “आइसोलेसन वार्ड” तयारी गरिसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनु भयो ।

पोखराको ४ वटा अस्पताल (पोखरा एकेडेमी, मनिपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र चरक मेमोरियल अस्पतालमा ) कोरोना संक्रमितलाई राख्न ६० शय्याको वार्ड तयारी रहेको जानकारी दिनुभयो ।

भिडियो हेर्नुहोस् /

Loading...
प्रकाशित मिति २२ फाल्गुन २०७६, बिहीबार १३:५४