पाँचसय रुपैयाँका कारण झापा कारागारमा ६५ वर्षीया वृद्धाको बास

  • उत्तम नेपाल

भारतको पानीट्याङ्कीबाट ५ वर्ष अघि नेपालतर्फ आउदै गरेको अवस्थामा अपरिचीत व्यत्तिले दिएको एउटा पोकाका कारण एक वृद्धाको कारागारमा बास भएको छ ।

६५ वर्ष उमेरकी मधुमेह र उच्चरक्तचापको बिरामीका कारण दुवै आँखा नदेख्ने सुनसरी इनरुवा मधेसा ३ की लिलामाया निरौला भद्रपुरस्थित झापा कारागारमा फेला परेकी हुन् । विरामीका कारण टाउको र हातगोडा काप्ने अनि एक वर्षयताबाट लागेको सजाय काट्दै कारागारमा बसिरहेकी छन् ।

मानसिक सन्तुलन गुमाएर २५ वर्ष अघि घर छाडेर हिडेका श्रीमान रुद्रप्रसाद निरौलाको भारत आसाममा पानीमा डुबेर ज्यान गएको जानकारी पाएपछि श्रीमानको लास भेटिने आसमा कान्छा छोरा (प्रकाश)सँग आसाम पुगेकी थिइन् । फेला नपरेपछि ०७२ सालमा नेपाल फर्किदै गर्दा उनलाइ पानीट्याङ्कीमा एक व्यत्तिले पोका दिँदै यो काँकडभिट्टाको मेची पुल कटाउनु म ५ सय रुपैया दिन्छु भने । छोरासँगै पोको बोकेर नेपाल छिर्नेक्रममा मेची पुलको नेपाल तर्फका सुरक्षाकर्मीले पोकामा ला*गू औषध फेला पारेपछि उनीहरुलाइ नियन्त्रणमा लिएर लागूऔषध ओसार पसारमा मुद्दा दर्ता गराए ।

सोही क्रममा ०७५ वैशाख ११ मा उनलाइ दमकबाट प्रहरीले पक्राउ गरी झापा कारागार चलान गर्यो । प्रकाश भने ०७२ सालमा नै कारागार छिरेपछि दुइ वर्ष बसेर १ लाख ११ हजार नगद रकम तिरेर ०७४ सालमा कारागार मुक्त भइसकेका छन् । महिलालाइ भने १ वर्ष ११ महिना ४ दिन कैद र १ लाख रुपैयाँ नगद जरिवाना अदालतले ठहर गरेको कारागार प्रशासनले जनाएको छ ।

जग्गा जमिन केही नभएकी ति महिला दमकमा कोठा लिएर वस्दै आएकी थिइन् छोरा प्रकाश दमकमा कुखरा फारममा काम गर्दै आइरहेको र उसैलाइ फोन गर्ने गरेको उनले सुनाइन् । शौचालय जान, खानपिन,नुहाउन ,कपडा सफा गर्न नसकेका कारण महिलाहरुले गर्दै आइरहेको थुनुवा महिलाहरुको भनाइ छ । नेेेेपाल समाचार पत्र

Loading...
प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार ००:१७