नाबालक छोराछोरी छाडेर आमा परपुरुष सँग भागेपछि.. (भिडियो हेर्नुहोस् )

काठमाडौं २४ फागुन / नेपाली समाजमा अहिले बैदेशिक रोजगार अनि यससँग जोडिएका भोगाई र यसले निम्त्याएका विभिन्न मार्मिक पक्षहरुसँग सम्बन्धित बिषयले निकै चर्चा पाउने गरेका छन् ।

परिवारको जीवन राम्रो होस्, सन्तानलाई राम्रो शिक्षा दिक्षा दि’लाउन घर परिवारको चटक्क माया मा’रेर थुप्रै नेपालीहरु बिदेशिन बाध्य छन् । खाडीको तातो घाममा पसिना बगाएर मिहिनत गरेर परिवारको सुखको लागि बिदेसिएका थुप्रै युवाका श्रीमती तथा युवतीका श्रीमान अर्कै च्यापेर, कतारबाट पठाएको पैसा जाँदा घरबार बिचिल्ली भएको घटना अहिले सामान्य जस्तै भइसकेको छ ।

यस्ता घटनाका कारण घर परिवार तथा नाबालक बच्चाले आमा तथा बाबाको मायाबाट बन्चित भएका छन् । मनभरी सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागी बिदेसिएका गण बहादुर थिङको सपना चकनाचुर भएको छ ।

करिब एक महिना अगाडी देखि श्रीमती बेपत्ता भएपछि उनी श्रीमती खोजिदिन हार गुहार गर्दै मिडियामा आएका छन् । १० बर्सिय छोरी र ८ बर्सिय छोराको बिचल्ली पारेर श्रीमती अर्कै युवासँग फरार भएपछि उनी मिडियाको शरणमा आएका हुन् ।

प्राय दैनिकजसो नै फरक फरक व्यक्तिहरु कोठामा आउने गरेको उनका छोरा छोरीले खुलासा गरेका छन् । कमाएको सारा सम्पती कुम्ल्याएर अहिले बेपत्ता भएकी श्रीमतीले बिदेशबाट पठाएको करिब २ लाख रकम र सुन लिएर हिडेको उनको आरोप छ ।

छोरीका अनुसार आमाले मामा भनेर चिनाउने गरेको र अ’श्लिल क्रियाकलाप गर्दै गरेको पनि देखेको बताएकी छिन् । पिडित थिङले दोषीलाई कारवाही गरेर न्याय पाउँ भनि मिडिया मार्फत अपिल गरेका छन् । बाँकी कुराकानी तलको भिडियोमा हेनुस् :

Loading...
प्रकाशित मिति २४ फाल्गुन २०७६, शनिबार १४:०७