चादी कहाँ होला गीत पछि एका एक चर्चा  मा गायक पकाश पराजुली “गाउले हामी त” सार्बजनिक

  • सुस्मा श्रेष्ठ , स्याङ्जा

काठमाडौं  २५ फागुन / चादि कहाँ होला दोहोरी गीत ले बजार पाए संगै बहुप्रतिभाका धनी गायक तथा सर्जक  प्रकाश पराजुली चर्चामा आएका छन ।

धेरै एल्बम हरु बजार मा ल्याइ सकेका बुलन्द आवाजको धनी  प्रत्यक्षे दोहोरी का प्रखर गायक प्रकाश पराजुली स्याङ्जा मा जन्मिएर बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्र मा चर्चा बटुल्दै आउनु भएको छ ।

चादी कहाँ होला गीत सार्बजनिक भए लगातै धेरै दर्सक श्रोता हरु ले पछ्याउन थालेका छन प्रकाश पराजुली को  स्वर संगीत मा धमाधम एल्बम सार्बजनी गरेका छन भर्खर  मात्र  “गाउले हामी त ” गीत सार्बजनिक भएको छ आज भन्दा केही दिन अगाडि मात्र बजार मा आएको “गाउले हामी त” दोहोरी गीत मा भने स्वर गायक दिपक घर्तिमगर र गायिका सुनिता बुढा क्षेत्रीको रहेको छ ।

गीत मा प्रकाश कुनुवार को शब्द प्रकाश पराजुली को संगीत तिलिक ओलिको एरेन्ज रहेको छ र कुमार सानु पुन को मिक्सिङ मास्टरिङ रहेको”गाउले हामी त “भिडियो सार्बजनिक भएको हो । राजकुमार मगर  को निर्देशन छायांकन प्रकाश खड्का र सम्पादक राजकुमार मगर को रहेको छ ।

गीतको भिडियोमा चाहना रानामगर र प्रकाश कुनुवार साथ मा अन्य कलाकार हरुको पनि अभिनय रहेको म्युजिक भिडियो मा प्रकाश खड्का को छायांकन रहेको छ भने। ” गाउले हामी त “गीतलाई धेरै संगीत प्रेमिमनहरु ले यो गीत टेनिङमा परोस् भनेर अपेक्षा समेत गरेका छन । “गाउले हामी त ” गीत ढोरपाटन मिडिया  नामक  युट्युब च्यानल बाट बजारमा आएको हो ।

Loading...
प्रकाशित मिति २५ फाल्गुन २०७६, आईतवार ११:१२