सुरक्षा पन्त र बेनिशा हमालको ‘घर’ प्रदर्शनमा

काठमाडौं । यो शुक्रबार देशभरका हलमा नेपाली चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । सुरक्षा पन्तको मुख्य भूमिका रहेको ‘घर’ देशका करिब सय हलमा प्रदर्शनमा आएको निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रका लेखक तथा निर्देशक अर्पण थापाले काठमाडौँमा नयाँ घर खरिदपछि त्यहाँ भएको भूतको आतंकलाई चलचित्रको विषयवस्तुमा प्रस्तुत गरिएको बताए ।

चलचित्रले भूतप्रेतमा विश्वास गरिन्न, तर यी वास्तविक जीवनमा पनि मेल खाने हुनाले यस्ता घटना संयोगान्त हुन् भन्ने सन्देश प्रवाह गर्ने नायकको समेत भूमिका निर्वाह गरेका थापाको भनाइ छ ।

चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाललगायत कलाकारको अभिनय रहेको छ । शर्मिला पाण्डेको लगानी रहेको चलचित्रको डिएस डिजिटलले निर्माण गरेको हो ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार ०४:१३