पुष्प बिना साम्राज्ञी बाच्न नसक्ने

काठमाडौं / भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “मारूनी” यो वर्षको एक प्रतिक्षित चलचित्र हो । नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र मारूनीको भर्खरै दोश्रो गीत तथा भिडियो सार्बजनिक भएको छ ।

केहि समय अगाडि क्लब सङ् ‘जाम न माया जाम’ रिलिज भएको थियो जसमा साम्राज्ञीलाई धेरै नै हट देखिएको थियो भने गीत र भिडियोले निक्कै चर्चा बटुलेको थियो । सार्बजनिक लभ सङ्ग ‘सक्दिन म बाच्न’ले पनि लोकप्रियता पाउनेमा फिल्म युनिट आसाबादी रहेको छ ।

‘जाम न माया जाम’ मा नायक पुष्प खड्काको नृत्यलाई पनि दर्शकले खुबै रूचाएका थिए । सो गीत रिलिज बाटै मारूनी झनै प्रतिक्षित बनिरहेको छ । सार्बजनिक लभ सङ्गमा निर्माता पुनम गौतम कै डिजाइनमा पुष्प र साम्राज्ञीको जोडी आकर्षक रुपमा फ़िचर्ड भएको देख्न सकिन्छ । सार्बजनिक गीतमा मेलिना राईको आवाज सजिएको छ भने गीतलाई सुरेश वाग्लेले लेखेका हुन् । अर्जुन पोख्रेलले संगीत भरेको गीतलाई बाबु प्रधानले एरेन्ज गरेका छन् ।

नवल नेपालले निर्देशन गरेका चलचित्र मारूनी पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा पुष्प र साम्राज्ञीको अलावा रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, संखर सेढाई, बिनोद भट्टराई, सुशील छेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । संजय लामाले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

गोबिन्द फुयाल र निर्देशक नवल नेपालले संयुक्त रुपमा तयार गरेको कथामा बनेको मारुनीको निर्माता पुनम गौतम, लाईन प्रोड्युसर हरि सिलवाल हुन् भने राजा प्रधान, दर्शन केसी र मिना छेत्री सह-निर्माता हुन् ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार ०८:३५