कर्णाली करिडोरमा जीप दुर्घटना दुई जनाको मृत्यु, ११ जना घाइते

बाजुरा ३ साउन / बाजुराको जगन्नाथ गाउँपालिकामा रहेको कर्णाली करिडोर सडकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार पिलुचौरबाट कालिकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप दुर्घटना भएको भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ का २५ वर्षका रामबहादुर शाही र कैलाली टिकापुर घर भएका जीप चालक वर्ष २७ को रमेश बोगटी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धबसिं भाटले बताए।

जीप उकालोमा चढ्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ । जीप सडकबाट ५० मिटर तल खसेको अवस्थामा रहेको छ । जीप दुर्गटनामा परि घाइते भएकाहरुलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

चारजना गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला बाहिर लानुपर्ने भएकाले जिल्ला प्रशासन कार्यलयमार्फत हेलिकप्टका लागि कुरा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भाटले बताए। जीपमा सवार १५ जनामा २ जना सकुशल भएको प्रहरीले बताएको छ। जीप बिहान ८ः३० मिनेटमा दुर्घटना भएको हाे।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार ०९:२३