प्रधानमन्त्रीलाई संक्रमणको आशंका !

काठमाडौं २९ फागुन /  गत फागुन २१ गते दोस्रो मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री डिस्चार्ज हुनेबेला सञ्चारमाध्यमहरुमा विभिन्न खबरहरु बाहिरिएको छ । बुधबार निवास फर्किने हल्ला चलेपनि प्रधानमन्त्री अहिलेसम्म अस्पतालमै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा संक्रमणको आशंका गरिएकोले डिस्चार्जमा ढिलाई हुने बताएका छन् । ओलीको पिसाबमा संक्रमण भएको आशंका चिकित्सकले गरेपछि कल्चर गर्न पठाइएको छ ।

कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्रीलाई मृगौला दिने नातामा भान्जी समीक्षा संग्रौला हिजै अस्पतालबाट डाक्टरहरुलाई हात हल्लाउँदै घर फर्किसकेकाछन् ।

यो खबर आजको कान्तिपुरमा छ

Loading...
प्रकाशित मिति २९ फाल्गुन २०७६, बिहीबार ०२:००