प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ३० फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले ‘डिस्चार्ज’ गरेको छ  ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले आजै डिस्चार्ज गरेको अस्पतालले बताइएको छ । उहाँ मृगौला प्रत्यारोपणका लागि गत फागुन १९ गते शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा निकै सुधार आएकोले डिस्चार्ज गरिएको‍ त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई उहाँकी भान्जी समीक्षा संग्रौलाले मृगौला दिनुभएको थियो । यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले शल्यक्रियाको सातौं दिनमा २८ फागुनमा प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो । त्यसको अर्को दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि भेट गर्नुभएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि बढी आराम गर्न र संक्रमित व्यक्तिहरुबाट टाढा रहन प्रधानमन्त्री ओलीलाई अस्पतालको सुझाव छ ।

Loading...
प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार १३:००