झापाका एक व्यक्तिमा कोरोना सङ्क्रमणको आशङ्का

झापा, २ चैत / झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज आइतवार काठमाडौं लगिएको छ । झापामा कोरोना संक्रमणको आशंका गरेर उपचारका लागि सिफारिस गरिएको यो पहिलो घटना हो । विरामीमो नाम गोप्य राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

चिकित्सकहरुले उपचारका लागि निज व्यक्तिलाई काठमाडौंस्थित ग्राण्डी हस्पिटल सिफारिस गरेको प्रजिअ रानाले जानकारी दिए ।

‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गरेका छन् ,’ प्रजिअ रानाले भने–‘उपचारका लागि डाक्टरहरुकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’

Loading...
प्रकाशित मिति २ चैत्र २०७६, आईतवार १०:१६