यसकारण एसईई परीक्षा सर्न सक्छ : मन्त्री ढकाल

काठमाडौ / स्वास्थ्य मन्त्री भानुुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुन लागेको यस वर्षको माध्यमिक तह कक्षा १० (एसईई) को परीक्षा सर्न सक्ने बताएका छन् ।

छिमेकी मित्र राष्ट्रहरुसम्म आइपुुगेको कोरोना संक्रमणबाट जोगिन परीक्षा स्थगन गर्नुपर्ने बताउँदै उनले भने, “दुुईतीन दिन महामा रीको अवस्था हेरेर नयाँ तालिका बनाउने–नबनाउने कुरा टुंगो लाग्छ ।”

उनले कोरोनाले महामा रीको रुप लिएमा परीक्षा स्थगन गर्न दुविधा नरहने समेत बताए । तर, अहिलेकै अवस्थामा रहेमा भने परीक्षा स्थगित नहुने उनको भनाई छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले यस्तो भनेका हुन् ।

Loading...
प्रकाशित मिति २ चैत्र २०७६, आईतवार १३:३३