कोरोना संक्रमणमित नेपालीलाई यूएइबाट नेपाल फर्काउन छलफल

काठमाडौं / कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको यूएई स्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे दूतावासले छलफल सुरु गरेको छ ।

कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र उनिहरुको अवस्था सामान्य रहेको दूतावासले जानकारी दिएको छ।

कोरोना संक्रमित नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भइरहेको भए पनि यूएईले आफ्ना देशमा कोरोना देखिएका कुनै पनि देशका नागरिकलाई स्वदेश फर्काउन अनुमति दिएको छैन । उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ ।

यूएई सरकारको कदमपछि नेपाल फर्काएर उपचार गर्ने वा यहीँ राखेर उपचार गर्ने भन्नेबारे निर्णय लिइने बताइएको छ।

Loading...
प्रकाशित मिति ३ चैत्र २०७६, सोमबार १३:२८