टिपरको ठक्करबाट आमा छोरीको मृत्यु …

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको निधन भएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा हुनुहुन्छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरीलाई टिपरले ठक्कर दिएपछि बचाउने क्रममा आमालाई पनि ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताए । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले विरामी भएपछि जचा“उनको लागि बनेपा आएकी थिइन् ।

घटनापश्चात आ’क्रोशित भि’डले ढु’ङ्गामु’ढा गरेपछि २ राउण्ड ह’वाई फा’यर र ५ रा’उण्ड अ’श्रुग्या’स प्र’हार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ ।

पनौती क्षेत्र हुँदै दैनीक ५ सय भन्दा धेरै टिपरहरु संचालन हुँदै आएका छन् भने काभ्रेमा दैनीक १ हजार ५ सय टिपरहरु चल्ने गरेका छन् । पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालनमा रोक लगाएका छन् । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छन् ।

मृ’तकका श्रीमान बैदेशिक रोजगारको क्रममा मलेसियामा छन् भएन बाबु जगत गोलेसँग जचाउँन पनौती आउने क्रममा उनलाई टिपरले ठक्कर दिएको हो ।

– फाइल तस्बिर

Loading...
प्रकाशित मिति ३ चैत्र २०७६, सोमबार १६:५९