जनयु’द्धमा बसेको माया प्रेम..(भिडियो हेर्नुहोस् )

काठमाडौं ०४ चैत / गायक,संगीतकार तथा रचनाकार प्रकाश दुतराजको नयाँ गीत ‘तिरिरि’ को भिडियो सार्बजनिक भएको छ । बैनि झ्यालैमाको अपार सफलता पछि गायक दुतराजको यो तेश्रो गीत हो ।

यस भन्दा अघि उनको बैनि झ्यालैमा गीतले ४५ लाख भन्दा बढि दर्शकको माया पाउन समेत सफल भएको थियो । दुतराजको ‘तिरिरि’ भिडियोको बाहिरिसकेको छ । उनको यस गीतले २०६० सालको जनयु*द्धको कथालाई बोकेको छ ।

चैत्र ७ गते बेनि आ*क्रमणको कालो दिनलाई भिडियोले समेट्ने छ । जनयु*द्धको ताजा ईतिहासलाई भिडियोको माध्यमबाट गायकले भोलिको सन्ततीले ईतिहासको पानाहरु पल्टाउदा सजिलै हाम्रो भिडियो भेटुन भन्ने बिचारले भिडियो निर्माण गरेका कुरा बताएका छन् ।भिडियोलाई हामीले निकै मिहेनत गरेर निर्माण गरेका छौ,जुन निकै अर्गानिक पनि छ ।

अन्य समाचार

माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गर्नुभएको छ । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गर्नुभएको हो ।

चिकित्सकका अनुसार उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उहाँ गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुग्नुभएको थियो । उपचारकारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए ।

अहिले उहाँको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन् । “पैसा छैन । कसरी काठमाडौ जानु रु डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ । ”गहभरि आँशु पार्दै पीडित किशोरीले भनिन् ।

उहाँका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आउनुभएको छ । “ उपचार गर्न परिवारसँग पैसा छैन । मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु ।”, उनीले भनिन् । कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहनुभएका उनीले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गर्नुभएको थियो ।

किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिनुभयो । उहाँले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गर्नुभएको छ । किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ । स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन् ।

किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ«े बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताउनुभयो ।

Loading...
प्रकाशित मिति ४ चैत्र २०७६, मंगलवार ००:४५