आज नायिका मिरुना मगरको जन्मदिन

आज निकै चर्चित र सुन्दर नायिका मिरुना मगरको जन्मदिन रहेको छ । मिरुना चलचित्र लालपूर्जा बाट नेपाली रजतपटमा आएकी हुन् । त्यसपछि उनले अभिनेता प्रदिप खड्कासँग चलचित्र रोज मा काम गरिन् । तर विडम्बना उनको दुवै चलचित्र सफल भने हुन सकेनन् ।

चलचित्र सफल नभएपनि रोज मा मिरुनाको अभिनयको खुबै तारिफ भयो । साथै उनको सुन्दरताको पनि निकै चर्चा चल्यो । यतिबेला भने मिरुना चलचित्र साइनो मा व्यस्त छिन् । साइनो चलचित्र आफ्नो लागि निकै विशेष भएको मिरुनाले बताएकी छिन् । उनका फ्यानहरु पनि यो चलचित्र पर्खिरहेका छन् । आज मिरुनाको जन्मदिन परेकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।

Loading...
प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार १५:१२