चितवनमा ७२ घन्टा भित्र ७० सैयाको अस्पताल बनाउने

चितवन / कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा अस्थाई अस्पताल निमार्ण गरिने भएको छ। ७२ घण्टाभित्र संचालन हुने गरी कोरोनाको उपचार केन्द्रको रूपमा अस्पताल बनाउन लागिएको हो।

जिल्लामा आवश्यक सुविधासहितको आइसियु, एचडीयु र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाउन लागिएको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम जानकारी दिए।

चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाउन लागिएको उनले बताए। आइसियु र हाइ डिपेन्डेन्ट यूनिट (एचडियु ) १०-१० शैयाको हुने छ। बाँकी ५० जनरल बेड हुनेछ।

‘पहिलो चौविस घण्टामा पूर्वाधार बनाउने त्यसको ४८ घण्टामा मेडिकल सामाग्री ल्याएर सेवा दिने योजनामा छौँ’, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम कार्कीले भने, ‘कतै संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन लागेका हौँ।’ उनले अस्पतालको ओपिडी ब्यवस्थापनको जिम्मेवारी पाएका छन्।

Loading...
प्रकाशित मिति ४ चैत्र २०७६, मंगलवार ०९:२४