रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने

काठमाडौं ०५ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको (कोभिड-१९) कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले कडा एक्सन लिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमित फेला नपरेपनि सरकारले उच्च सतर्कता अपनाउन सुचना जारी गर्दै आएको छ । आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रुसँगै नेपाली नागरिकलाई पनि नेपाल आउन प्रतिबन्ध लगाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । साथै यी देश ट्रान्जिट बनाएर आउने सबै देशका यात्रुलाई पनि नेपाल आउन रोक लगाइएको छ ।

सरकारले आजको मितिबाट फिल्म हल, जिम, डान्सबार र कल्ब पुर्ण रुपमा बन्द गर्न सुचना जारी गरेको छ । त्यस्तै भोलीबाट हुन लागेको एसईई परिक्षा पनि अर्को सुचना नआउन्जेललाई स्थगित गरेको छ ।

सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो ।

सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन ।

Loading...
प्रकाशित मिति ५ चैत्र २०७६, बुधबार १५:१८