ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौं / सुनको मूल्यमा पुनः गिरावट आएको छ । बुधबार एक हजारले बढेको सुनको मूल्य बिहीबार तोलामा १५ सयले घटेको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

बुधबार ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार ५ सयले घटेर ७५ हजारमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार ०५:१२