३२१०० नम्बर डायल गरेर कोरोना रोकथामबारे जानकारी लिनुहोस् ।

काठमाडौं, ६ चैत / नेपाल टेलीकमले कोरोना भाइरस अर्थात कोभिड–१९ बारे जानकारीमूलक सामग्रीहरु प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

कोरोना भाइरस सम्बन्धी थाहा पाउनको लागि नेपाल टेलीकमले ३२१०० नम्बर डायल गरी सुन्न सकिने व्यवस्था गरेको हो । टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत भाइरसबारे जानकारी मूलक सामग्री मोबाइलमार्फत उक्त नम्बर डायल गरी सुन्‍न सकिने व्यवस्था गरेको जनाएको छ ।

३२१०० नम्बरमा कल गरेपछि कोभिड–१९, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्‍न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानीबारे थाहा पाउनेछ ।

टेलिकमले जारी गरेको विज्ञप्तीका अनुसार उक्त नम्बरबाट थप जानकारी लिनका लागि सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने छ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार ११:१६