धुर्मुस सुन्तली फाउन्डेसनले जारी गर्‍यो महत्त्वपूर्ण सुचना

काठमाडौं / अहिले विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ । कोरोनाका कारण हालसम्म विश्वभर मृत्यु हुनेको सँख्या नौ हजार नाघेको छ । विश्वलाई नै त्रसित बनाएको कोरोनाका कारण सबै स्थानमा आवजजावतमा कमी आउको छ ।

यसैक्रममा भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले एक सुचना जारी गरेको छ । सुचनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हाता भित्र २०७६ चैत ६ गतेदेखि लागु हुनेगरी सर्वसाधाराणलाई प्रवेश निषेध गरिएको छ ।

सुचनामा भनिएको छ – कोरोनाको बिषयलाई लिएर सरकारले जारी गरेको सार्वजनिक सुचनालाई मध्यनजर गर्दै धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हाता भित्र २०७६ चैत ६ गतेदेखि लागु हुनेगरी सर्वसाधाराणलाई अर्को सुचना प्रकाशन नहुन्दासम्म प्रवेश निषेध गरिएको छ ।

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य धमाधम भईरहेको छ । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा बाइस बिघा १६ कट्ठा जग्गामा निर्माण हुन लागेको यस रङ्गशाला नेपालकै सबैभन्दा उत्कृष्ट रङ्गशाला बन्ने अपेक्षा गरिएको छ ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार १४:२०