आइतबारदेखि लामो दूरीको सवारीसाधन बन्द

काठमाडौं । मुलुकमा अत्यावश्यक सबै सेवाका कार्यालय र यातायात १२ दिनक लागि बन्द हुने भएको छ । कार्यालय र यातायात आइतबारदेखि बन्द गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ सम्म सबै कार्यालय बिदा गरिने बताउनुभयो ।

‘अत्यावश्यक सेवा बाहेक सबै कार्यालय बन्द हुनेछ’ उहाँले भन्नुभयो, ‘ सार्वजनिक यातायात समेत बन्द गरिने छ ।’

Loading...
प्रकाशित मिति ७ चैत्र २०७६, शुक्रबार १२:५७