पशुपतिमा २५ जनाभन्दा बढी मलामी जान नपाउने

काठमाडौं / काठमाडौं गौशालास्थित पशुपतिनाथ परिसरमा दैनिक रुपमा हुँदै आएको आरती बन्द गरिने भएको छ ।

कोरोनाभाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा विश्वभर त्रास फैलिएका बेला पशुपति क्षेत्र विकास कोषले प्रत्येक दिन साँझ गरिने आरती शनिबारदेखि बन्द गर्ने भएको हो ।

साथै कोषले मलामी आउँदा २५ जनाभन्दा बढी नआउन आग्रह गरेको छ। केही दिनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा गठित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन नहुने निर्णय गरेको थियो।

Loading...
प्रकाशित मिति ७ चैत्र २०७६, शुक्रबार १५:०६